२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान रोहित शर्माले, एसिया कपका लागि नेपाली टोली तयार रहेको बताएका छन् ।
नेपाल क्रिकेट संघले खेलाडीको बिदाइका लागि आयोजना गरेको कार्यक्रममा पत्रकारसँग कुरा गर्दै पौडेलले, भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट क्रिकेट खेल्न आफ्नो टोली तयार रहेको भन्दै नतिजा आफ्नो हातमा नरहे पनि मैदानमा शतप्रतिशत प्रयास गर्ने दाबी गरे ।


‘धेरै समयदेखिको सपना साकार हुँदैछ । सबैजना तयार छन् । खेलको मजा लिनेछौं’, उनले भने, ‘रिजल्ट हाम्रो कन्ट्रोलमा छैन, तर प्रोसेस कन्ट्रोलमा छ ।’ इमर्जिङ कपको अनुभवलाई व्यवहारमा उतार्ने मौकाको रुपमा यो खेललाई लिएको उनको भनाई छ । उनले भने ‘हामी सबैले विश्वकप छनोट र इमर्जिङ कपबाट धेरै कुरा सिकेका छौं । खेलाडीहरुले आआफ्नो कमजोरीमा सुधार गरेका छन् । त्यसैले त्यो दिन बेस्ट क्रिकेट कसरी दिन सकिन्छ भन्नेमा फोकस्ड छौं, ।’

Vivo Y28
Daraz


सर्टबलको सामना गर्न टोलीको रणनीतिबारे पत्रकार जिज्ञासामा उनले भने ‘हामीले तयारी गरिरहेका छौं । सर्ट बलमा पुल हान्न नसके पनि अरु सटहरु खेल्न प्रयास गर्नेछौं । होपफुल्ली राम्रो हुन्छ ।’ त्यस्तै प्रशिक्षक मोन्टी देसाइले सर्ट बललाई समस्याको रुपमा लिन नहुने बताए । सर्ट बलमा विश्वका दिग्गज ब्याट्सम्यानरु पनि आउट हुने गरेको भन्दै उनले भने ‘सर्ट बलमा संसारका बेस्ट प्लेयरहरु पनि आउट हुन्छन् । म भन्छु कि प्लिज सट बल गर मेरा केटाहरुलाई । त्यसबेला उनीहरुको क्यारेक्टर देखिन्छ,।’


उनले अझैपनि नेपाली टोलीले धेरै समस्या भोग्नु परेको भन्दै प्राप्त स्रोत साधानको अधिकतम उपयोग गरेर राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताए । उनले भने ‘तिनीहरुको ठूलो इतिहास छ । हामीकहाँ धेरै समस्या छन् । खेलाडीले पाँच–महिना लाइटबिना इन्डोर प्राक्टिस गरेको देखेको छु । एउटा मात्र बलिङ मसिन छ । क्यान म्यानेजमेन्टलाई पनि चुनौति छ । जति छ, त्यसको अधिकम सदुपयोग गर्ने हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।