२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले भक्तपुरको बालसुधार गृहमा भएको घटनाका सम्बन्ध सरकारको ध्यानाकर्षण गराउँदै घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छ्न ।

सांसदहरुले बालसुधार गृह भित्रै भएको कमल बस्नेतको निधनका सम्बन्धमा सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न गरेका छ्न ।

Vivo Y28
Daraz
बैठकमा सांसद दुर्लभ थापा क्षेत्रीले बस्नेतको निधन र त्यसपछि भएको घटनाका सम्बन्धमा सम्बन्धित निकायलाई सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न र निधन भएका बालकको परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्नुभयो । यसैगरी सांसद निशा डाँगीले कमल बस्नेतको मृत्यु सम्बन्धमा सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै सुधार गृहका बालबालिकाले पाउने सेवा सुविधामा पनि ध्यान दिन आग्रह गर्नुभयो ।

सांसद डोलप्रसाद अर्यालले हालै सरकारले श्रमिकको न्यूनतम पारश्रमिक बढाएको बारेमा केही औद्योगिक व्यवसायीले बढेको सो पारिश्रमिक दिन नसकिने भनी दिएको अभिव्यक्तिका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै सरकारको निर्णय कार्यान्वयनका लागि आग्रह गर्नुभयो  । अन्य धेरै सांसदहरुले यस विषयमा ध्यानाकर्षण गराएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।