काठमाडौं । पाकिस्तानका ओपनर ब्याटर मोहम्मद रिजवानले नेपाली खेलाडीलाई भेटेका छ्न ।
रिजवानले भेटेर नेपाली खेलाडीसँग कुराकानी गरेका थिए । पाकिस्तानी क्रिकेट संघले रिजवानले नेपाली टिमलाई भेटेर शुभकामना दिएको भिडियो फेसबुकमा राखेको छ ।
सोमपालसँगको कुराकानीमा उनले नेपाली खेलाडी योग्य भएको बताएका छन । उनले नेपाली टोलीलाई शुभकामना दिँदै कुनै पनि कुराको आवश्यक भए आफू सहयोगका लागि तयार रहेको पनि बताए ।
नेपालले अगस्ट ३० मा उद्घाटन खेलमै घरेलु टिम पाकिस्तान सङ्ग खेल्ने छ ।