काठमाडौं । २६ औं एसियन च्याम्पियनसिपका लागि नेपालका टेबल टेनिस खेलाडी कोरिया प्रस्थान गरेका छन ।
आज खेलाडीहरु एसियन च्याम्पियनसिपमा भाग लिन लिकोरिया प्रस्थान गरेको हो । भदौ १७ देखि २४ गते सम्म कोरियाको पियोङ चाङमा प्रतियोगिता हुँदैछ ।
सियन गेम्सको तयारी गरिरहेका नेपालका ६ मध्ये ५ खेलाडीले एसियन च्याम्पियनसिप खेल्न लागेका हुन ।
नविता श्रेष्ठले भने ओलम्पिक संघको आयोजनामा अमेरिकामा हुने एक इभेन्टमा जाने भएका कारण एसियन च्याम्पियनसिप गुमाएकी हुन ।