२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । म्यानमारसँग हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि आज २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो ।

नेपाली फुटबल टोलीले फिफा विश्वकप–२०२६ तथा एएफसी एसियन कप–२०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरुप म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मैत्रीपूर्ण खेल यही भदौ २२ र २५ गते म्यानमारसँग म्यानरमारमै हुनेछ ।

Vivo Y28
Daraz

छनोट हुने नेपाली टोलीको गोलरकिपरमा किरणकुमार लिम्बू, अभिषेक बराल र दिप कार्की छन् । त्यस्तै रक्षकमा सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र अञ्जन राई छन् । मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिशरत्न छुन्जु र उत्सव राई छन् ।

फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजङ्ग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।