काठमाडौं । नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा पुगेको छ।
नेपालले आज कतारलाई ९ विकेटले पराजित गरेको हो।मलेसियाको बांगीमा कतारले दिएको ७५ रनको विजयी लक्ष्य नेपालले १० औं ओभरमा पूरा गरेको हो ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनायो । लगातार चार खेल जित्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो।
नेपालले युएई संग अर्को खेलमा बुधबार खेल्ने छ।