काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध नेपालको पहिलो विकेट गुमेको छ ।
ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको छ । १०औं ओभरको पाँचौं बलमा कुशल भुर्तेल ३८ रनमा आउट भएका छन ।
अघिल्लो बलमा छक्का प्रहार गरेका कुशल एज लागेर विकेटकिपरबाट क्याच आउट भएका हुन ।