काठमाडौं । सोमबार एसिया कपमा भारतविरुद्ध खेलेका नेपाली टीमका सदस्यलाई भारतीय क्रिकेट टिमका खेलाडीले मेडल लगाएर सम्मान गरेको छन् ।
भारत विरुद्ध को खेलमा उत्कृष्ट खेलेका सोमपाल कामी , असिफ शेख र दीपेन्द्रसिंह एरिलाई भारतीखेलाडी तथा प्रशिक्षकले मेडल लगएर सम्मान गरेका हुन् ।
नेपाल खेलाडी सोमपाकलाई भारतका हार्दिक पाण्ड्याले मेडल लगाएका हुन् भने आसिफलाई भारतीय ब्याट्सम्यान विराट कोहलीले मेडल लगाइदिएका थिए। आसिफले भारत विरुद्ध अर्धशतक हानेका थिए। यस्तै, भारतीय प्रशिक्षक राहुल द्रविडले ऐरीलाई मेडल लगाइदिएका हुन्।