काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि स्वदेश फर्किने भएको छ । एसिया कप–२०२३ को समूह चरणबाट बाहिरि पछी भोलि स्वदेश फर्किने भएको हो ।
भोलि बुधबार दिउँसो १२ः३५ मा श्रीलंकन एयलाइन्सबाट नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
प्रतियोगिताको समूह ‘ए’ मा नेपालले भारत र पाकिस्तानसँग पराजित भए संगै बाहिरिएको हो । तर, नेपालले पहिलो खेलमा पाकिस्तानसँग संतोषजनक नखेले पनि भारत संग उत्कृष्ट खेलेको थियो ।
नेपालले प्रतियोगिताको पहिलो खेल पाकिस्तानको मुल्तानमा र दोस्रो खेल श्रीलंकाको क्यान्डीमा खेलेको थियो ।