काठमाडौं । हेटौंडामा दुई जना चिकित्सकहरु माथि कुटपिट भएको छ । हेटौंडा उपमहानगरपालिका-१ स्थित सञ्चो हस्पिटलका चिकित्सकमाथि कुटपिट भएको हो ।
एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गु परीक्षण गर्दा पुष्टि भएका हेटौंडा-१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै पदमपोखरीको एक समूहले कुटपिट गरेको हो ।
चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि एचडीयु वार्डमा कुटपिट भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य सेढाइले बताएका छन् ।
यता अस्पतालले डेङ्गु पुष्टि भएका प्रधान आराम गर्ने भनेर घर गएका थिए भने केही दिनमै फेरि अस्पतालमा भर्ना भएको जनाएको छ । अस्पतालका अनुसार दोस्रो पटक डेङ्गु देखिएका प्रधानलाई भरतपुरमा उपचारका लागि लगेकोमा एक दिनपछि मृत्यु भएको थियो ।