काठमाडौँ । नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को आममाफी विरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि आज सुनुवाइका लागि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा पेसी तोकिएको हो ।
रिगलले २०७२ साल असार २९ गते खुँडा प्रहार गरेर नेपालगञ्जकै चेतन मानन्धरको हत्या गरेका थिए । चेतनकी पत्नी भारती मानन्धरले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थीन ।
हिजो देखि भारती माइतिघरमा अनशनमा बसेकी छ्न ।