काठमाडौं । नेपाल क्रिकेट संघ र आइएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे) बीच क्रिकेटको टिकेटिङ पार्टनरको रुपमा साझेदारी भएको छ ।
क्यानका नवनियुक्त सचिव पारस खड्का र आईएमई पेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रेग्मीले एक सम्झौतापत्रमा हस्ताक्षर गर्दै २ वर्षका लागी साझेदारी भएको हो ।
टिकेटबाट आएको १२.५ प्रतिशत रकम आइएमई पेलाई जाने र बाँकी अन्य सबै रकम क्यानले पाउने गरी सम्झौता भएको क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् ।