बारा । बारा प्रहरीले भारततर्फ लैजाँदै गरेको अवस्थामा ५ जना बालिकालाई उद्धार गरेको छ ।
सोमबार करैयामाई गाउँपालिका–१ बाट बालिकाहरु एकसाथ हराएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए । प्रहरीलाई घटना बारे जानकारी भए पछि प्रहरी परिचालित भएको थियो । प्रहरीले खोजतलास गर्ने क्रममा बुधबार अपराह्न विरगजंमा बालिकाहरू फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भारतको मोतिहारी जिल्ला, पूर्वी चम्पारण ढाका थाना विक्रमपुर गाउँ बस्ने कवि कुमार पालले बालिकाहरु लाई भारत लैजान लागेको क्रममा भारतीय एक युवकले बालिकाहरूलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय बारा मार्फत अभिभावकको जिम्मा लगाइएको हो ।