काठमडौँ । धनगढी बाट गुप्ताङ्गमा लुकाएर लागुऔषध खैरो हिरोइन ल्याइरहेको अवस्थामा एक जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा धनगढीकी २० वर्षकी अनुस्का सिंह ठकुरी रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार त्रिनगर भन्सार नाकाबाट खैरो हिरोइन ल्याइरहेको अवस्थामा लागुऔषध अनुसन्धान ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले ठकुरीले लुकाएको लागुऔषध निकालेको थियो । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।