काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने भएको छ ।
कात्तिक १ गतेदेखि सुरु हुने उक्त खेलको सबै खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने भएको हो । कात्तिक १३ गतेदेखि काठमाडौं मै हुने आइसिसी टी-२० विश्वकप एसिया छनोटको तयारीस्वरुप सिरिज गर्न लागेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।
नेपालले पहिलो खेल कात्तिक १ गते युएईसँग खेल्ने छ । यस्तै कात्तिक २ गते नेपाल र हङकङको खेल हुने छ । कात्तिक ४ गते नेपाल हङकङबीचको दोस्रो खेल हुने छ । कात्तिक ६ गते युएई र नेपालको खेल हुने र कात्तिक १० गते फाइनल खेल हुने छ ।