काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किने भएको छ ।
भारतको नागपुर स्थित राजस्थान रोयल्सको एकेडेमीमा हाइ पर्फमेन्स क्याम्प सकेर आज सोमबार स्वदेश फर्कने लागेको हो ।
नेपाली टोलीले कात्तिक १ गतेबाट हङकङ र यूएईसँग त्रिकोणात्मक सिरिज खेल्नेछ ।
टी–२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपाली टिम भारत गएको थियो ।