काठमाडौं । नेपालले युएईलाई हराउँदै एसिसी यू-१९ प्रिमियर कपको उपाधि जितेको छ ।
मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले विजयी भएको हो ।
जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएईले ११ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो ।
त्यसपछि वर्षाको कारण लामो समय खेल रोकिँदा युएईले २७ ओभरमा १ सय ९८ रनको लक्ष्य पाएको थियो ।