काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधिका लागि आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजे खेल हुने छ ।
नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल प्रवेश गरेको थियो भने नेट रनरेटका आधारमा हङकङलाई पछि पार्दै यूएईले नेपालसँगको फाइनलमा खेल्न लागेको हो ।