काठमाडौं । नेपाली क्रिकेट टीमका खेलाडी करण केसीले त्रिकोणात्मक श्रृंखलाको प्लेयर अफ दि सिरिज अवार्ड पाएका छ्न । त्रिकोणात्मक श्रृंखलामा नेपालले ४ वटा खेल खेलेको थियो ।
उक्त ४ वटै खेलमा नेपालले जित हात पारे पनि फाइनलमा युएइ सङ्ग पराजित हुन पुगेको छ । श्रृंखलाको सबै खेलमा गरेको प्रदर्शनका कारण करण प्लेयर अफ दि सिरिज बनेका हुन ।
करण केसी प्लेयर अफ दि सिरिज र वेष्ट बलर समेत घोषित भएका छ्न । उनले १० विकेट लिएका थिए । वेष्ट ब्याटर भने यूएईका कप्तान वासिम हमिद बनेका हुन ।