काठमाडौं । आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोटमा सिंगापुरविरुद्ध नेपाल विजयी भएको छ ।सिंगापुरलाई नेपालले ८ विकेटले हराएको हो ।
टियु क्रिकेट मैदानमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए ।
सिंगापुरले २० ओभरमा १४५ रन बनाएको थियो । १४६ रनको लक्ष्य पाएको नेपालले १६.३ ओभर पूरा गर्दै लक्ष्य भेटाएको हो ।
नेपालले १६.३ ओभरमा दुई विकेट गुमाउदै १४७ रन बनाएको हो ।