२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले विभिन्न क्रिकेट प्रतियोगितामा खेलाडीलाई घोषणा गरेका पुरस्कार रकम निकासा भ​एको छ । विभिन्न तीन वटा कपमा सहभागी नेपाली त्रिक्रेट टोलीलाई सरकारले दिने भनेको एक करोड ५७ लाख ५० हजार बराबर प्रोत्साहन पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

गत वैशाख ५ देखि १८ गतेसम्म चलेको एसीसी मेन्स प्रिमियर कपका लागि ७९ लाख र गत वैशाख २० गते बसेको मन्त्रिपरिषद बैठकले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६लाख र अन्य टिम अफिसीयललाई जनही तीन लाख प्रोत्साहन स्वरूप उपलब्ध गराउने निर्णय गरेको रकम निकासा भ​एको छ त्यस्तै गत फागुन १२ देखि १८ गतेसम्म सञ्चालन भएको आइसीसी अण्डर-१९ मेन्स सिडब्लुसी-एसिया क्वालिफायरका लागि ४६ लाख र गत फागुन २७ देखि चैत २ गतेसम्म चलेको आइसिसी सिडब्लुसी लिग-२ को ३२ लाख ५० हजार रकम निकासा भ​एको छ ।

Vivo Y28
Daraz

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।