काठमाडौं । विश्वकप छनोटको आज भएको फाइनल खेलमा नेपाल ओमानसँग पराजित बनेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ८४ रनको बनाएको थियो।
१८५ रनको लक्ष्य पाएको ओमानले पनि निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।
सुपरओभरमा ओमानले दिएको २२ रनको लक्ष्यमा नेपालले १० रन बनाउदै पराजित भएको हो ।