काठमाडौं । धनुषाकी आरती साहको हत्या भएको भन्दै दोषीलाई कारबाही गर्न माग गर्दै धर्नामा रहेका आरतीका परिवारलाई गृह मन्त्रालयले वार्ता तथा छलफलमा बोलाएको छ ।
उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशन पछि मन्त्रालयले परिवारलाई एक पत्र लेख्दै छ्लफलका लगी बोलाएको हो ।
आरतीका बुवा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै गृह मन्त्रालयका शाखा अधिकृत दिनेश न्यौपानेले छलफलका लागि पत्र पठाएका छन ।