काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परिक्षाफल प्रकाशित गरेको छ।
बोर्डका अनुसार ८८ हजार ९४७ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । ७५.४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन्। १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ ।
गत असोज ९ र १० गते बोर्डले लिएको परीक्षामा १ लाख १७ हजार ८८२ विद्यार्थीले परिक्षामा सहभागी भएका थिए ।