काठमाडौं । ललितपुर महानगरपालिकामा दुई दमकल थपिएका छ्न । महानगरपालिकाले खरिद गरेको अमेरिकी मापदण्डको दुईवटा अत्याधुनिक दमकल परिचालनको शुभारम्भ गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले व्यवस्थापनको सन्दर्भमा गर्नुपर्ने काममा उच्च प्राथमिकता दिएको बताए ।
महानगरका खरिद महाशाखा प्रमुख सागर थापाका अनुसार अमेरिकी मापदण्डका यी दुई दमकल खरिदका लागि २०७९ असोजमा सम्झौता भएको थियो । दुईवटा अत्याधुनिक दमकलको लागत मूल्य रु पाँच करोड ६५ लाख रहेको उनले बताए ।
दमकलले एक सय २० मिटरसम्म उच्च क्षमतामा पानी र केमिकलको फोहोरा हान्न सक्ने महानगरले जनाएको छ ।