काठमाडौँ । आजदेखि नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण सुरु हुँदैछ । नेपाल सुपर लिगको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) रहेको छ ।
काठमाडौँको दशरथ रङ्गशालामा लिगको उद्घाटन समारोहमा लोकप्रिय गायक सुशान्त केसीले साङ्गीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ । लिगका खेल हेर्न दर्शकले अनलाइन टिकट काट्न सक्ने छन । रङ्गशालाको सामान्यतर्फ २ सय र भीआइपीतर्फ ५ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ ।