तनहुँ । सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा वैदेशिक रोजगारको सिलसिलामा ठगिएका तनहुँका १९ जनालाई रकम फिर्ता गरिएको छ ।
आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका ६२ वटा मुद्दामध्ये १९ जनाको ठगिएको रकम फिर्ता गराउन परियोजना सफल भएको हो । रु ३३ लाख ८० हजार रकम पीडित व्यक्तिलाई फिर्ता गराइएको सामी कार्यक्रमकी परामर्शकर्ता गोमा तिवारीले बताए ।
त्यसैगरी करार उल्लङ्घन गरेका वा सम्झौताअनुरुप काम गर्न नपाएका चौबिस घटनामध्ये २३ वटाको सफल कार्य भएको छ । एका दुई घटनाको प्रमाणविहीन रहेकाले प्रक्रिया अघि बढाउन नसकिएको उनले बताए । सम्झौताअनुरुप काम नलगाई अन्य काममा पठाइएका व्यक्तिलाई स्वदेश झिकाइ रु पाँच लाख क्षतिपूर्तिबापतका रुपमा उपलब्ध गराइएको छ ।
वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका १८ जनाको शवमध्ये नौ जनाको शव नेपाल झिकाउन सफल भएको सो परियोजनाले जनाएको छ ।