काठमाडौं । भारतीय खेलाडी शुभमन गिल गुजरात टाइटन्सको नयाँ कप्तान भएका छन् ।
इन्डियन प्रिमियर लिग आईपीएलको आगामी सिजनका लागि गिल कप्तान भएका हुन् ।
यसअघिका कप्तान हार्दिक पाण्ड्या मुम्बई इन्डियन्समा ट्रेड भएपछि गुजरातले गिललाई नयाँ कप्तान बनाएको हो ।