काठमाडौं । जिल्ला अदालत काठमाडौंले कमेडियन अपूर्व क्षितिज सिंहलाई सार्वजनिक शान्ति विरुद्ध र जातीय भेदभाव तथा छुवाछुत सम्वन्धी र सामाजिक रितिस्थितिमा खलल सम्वन्धी कसुरमा आंशिक दोषी ठहर गरेको छ ।
अपूर्व क्षितिजले नेवाः समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेपछि २०७९ असोजमा पक्राउ परेका थिए ।
उनलाई पक्राउ गरी मुद्दा चलाइएको थियो । न्यायाधीश कपिलमणि गौतमको इजलासले उनलाई दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना गरेको जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले बताए ।