काठमाडौं । अष्ट्रेलियाले टी–२० आई सिरिजमा भारतलाई ५ विकेटले पराजित गरेको छ । योसँगै अष्ट्रेलिया पाँच खेलको सिरिजमा २–१ ले पछि छ ।
जितको लागि २ सय २३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै विजेता भएको हो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो। चौथो खेल शुक्रबार र पाँचौं खेल आइतबार हुनेछ।