काठमाडौं । यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पाकिस्तान संग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १५३ लक्ष्य पाकिस्तानले २६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै विजेता भएको हो ।
आजको खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको नेपाल ४७.२ ओभरमा १५२ रनमा अलआउट भयो ।