काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय टि–टवान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेश मधेस प्रदेशलाई ६० रनले पराजित गर्दै विजयी भएको छ ।
जितका लागि एक सय ३० रनको विजयी लक्ष्य पछ्याएको मधेस प्रदेश २० ओभरमा ९ विकेट गुमाउँदै ६९ रनमा समेटियो ।
यस जितसँगै कोशी प्रदेशले प्रतियोगितामा लागतार तेस्रो जित दर्ता गराएको छ । कोशीले पहिलो खेलमा कर्णालीलाई १० विकेटले र दोस्रो खेलमा बागमती प्रदेशलाई आठ विकेटले हराएको थियो । यता मधेशको भने यो लगातार तेस्रो हार हो ।