काठमाडौँ । जिल्ला अदालत काठमाडौँले जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गरे संगै क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिमबाट स्वतः अलग भएका छन् ।
अदालत बाट दोषी ठहरिए संगै नेपाल क्रिकेट संघले औपचारिक निर्णय नगरे पनि अदालतको फैसलापछि उनले राष्ट्रको प्रतिनिधित्व गर्न पाउने छैनन् ।
लामिछानेको सजाय पुस २५ गते काठमाडौँ जिल्ला अदालतले तोक्ने छ । ऊनी पुरनावेदनको लागी उच्च अदालत जाने तयारीमा छन् ।