काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० कपको उपाधि एपीएफ क्लबले जितेको छ । कोशी प्रदेश लाई ११ रनले हराउदै एपीएफ क्लबले कपको उपाधि जितेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफ क्लबले कोशी प्रदेशलाई एक सय १५ रनको लक्ष्य दिएको छ ।
११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा जम्मा १०३ रन बनाउन सक्यो ।