काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वकप क्रिकेटको समूह चरणको खेलतालिका सार्वजनिक गरेको छ ।
नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटको समूह चरणमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । नेपालले समूह चरणका तीन खेल टेस्ट राष्ट्रविरुद्ध खेल्नुपर्नेछ ।
वेस्ट इन्डिज र अमेरिकामा जुन १ देखि ३० सम्म ट्वान्टी–२० विश्वकप प्रतियोगिता आयोजना हुँदै छ ।