इलाम । आफ्नै छोराको हत्या गरेको अभियोगमा बुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा माई नगरपालिका-६ बिहिबारे बस्ने ३६ वर्षीय दिल कुमार राई रहेका छन् ।
घरायसी विवादको क्रममा दिल कुमारले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका १९ वर्षीय जीवन राईको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले दिल कुमार लाई पक्राउ गरि आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।