काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लब विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा एपिएफले बागमती प्रदेशलाई ८९ रनले पराजित गरेको हो।
एपिएफले बागमतीलाई २४२ रनको लक्ष्य दिएको थियो । बागमतीले ४२।५ ओभरमा १५२ रनमै अलआउट भएको हो ।