काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभ्सलाई २२८ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ ।
बाँगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनायो ।
रुविना क्षेत्री बेलबासेले आजको खेलमा एतिहासिक शतक प्रहार गरेकी छन् । उनले ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा नट आउट रहिन् ।