काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबिया विरूद्धको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले दुई खेलाडी परिवर्तन गर्दै वैकल्पिकमा रहेका ब्याटरद्वय अनिलकुमार साह र देव खनाललाई समेट्दै १५ सदस्यीय टिम घोषणा गरेको हो ।
क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट ब्याटिङ गरेपछि क्यानले अनिल र देवलाई वेकल्पिकबाट राष्ट्रिय टिममा स्थान दिएको हो । अनिलले पछिल्लो दुई खेलमा क्रमश अर्धशतक र शतक प्रहार गरेका थिए । देवले दोस्रो खेलमा अर्धशतक प्रहार गरेका थिए ।
लिग-२ का लागि नेपाली टिम
रोहित पौडेल, आसिफ शेख, कुशल भर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल र अनिलकुमार साह ।