काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ६ विकेटको क्षतिमा ३३.१ओभरमा पूरा गरेको हो । टस जितेको नामिबियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा १३२ रनमा अलआउट भएको हो । अब नेपालले दोस्रो खेलमा शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ।