काठमाडौं । नेपालको ‘ए’ क्रिकेट टिम र क्यानडा- ११ बीच हुने तीन खेलको सिरिजको दोस्रो खेल आज हुदै छ ।
यो खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९: ३० बजेदेखि शुरु हुने छ । यस अघि सम्पन्न पहिलो खेलमा क्यानडा- ११ ले नेपाल ए लाई ४ विकेटले पराजित गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक ए टिम बनाएर खेल शुरु गरेको पहिलो पटक हो । क्यानडाले पनि आफ्नो आगामी लिग-२ को तयारी स्वरूप नेपाल ए सँग खेलिरहेको छ ।
क्यानडाले यहि फेब्रुअरी २८ देखि युएईमा स्कटल्याण्ड र युएई सम्मिलित त्रिकोणीय सिरिजबाट आफ्नो लिग-२ को यात्रा शुरु गर्दै छ । नेपाल ए र क्यानडाले तेस्रो खेल २२ फेब्रुअरीमा खेल्ने तालिका रहेको छ ।