काठमाडौँ । नेदरल्याण्डसले नामिबियालाई ५९ रनले पराजित गरेको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत खेलमा नेदरल्याण्डस ले दिएको २४८ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएपछि खेल ५९ रनले जितेको थियो ।
यस अघि पहिला ब्याटिङ गर्दै माइकल लेभिटको आक्रामक १३५ रनको शतकीय पारी र सिब्राण्ड एंगेलब्रेचटको ७५ रनको मद्धतले नेदरल्याण्डस ले २४७ रन बनाएको थियो । यो जारी सिरिजमा नेदरल्याण्डसको दोस्रो जित हो । यसअघि नेदरल्याण्डसले नेपाललाई २ रनले पराजित गरेको थियो ।
।