काठमाडौं । जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दैछ ।
त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुने छ । यस सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई पराजित गर्नैपर्ने अवस्था रहेको छ ।
नेपालले लगातार दुई खेलमा हार बेहोरेर दबाबमा आएको छ । नेपालले नामिबियाविरुद्धको खेल २० रनले हारेको थियो भने नेदरल्याण्डसविरुद्धको खेल २ रनले हारेको थियो ।