२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बहराइनविरुद्ध हुने विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि ३३ खेलाडीलाई प्रारम्भिक टोली छनौट गरेको छ । नेपालले मार्च २१ र २७ मा बहराइनसँग खेल्नेछ ।

नेपालले विश्वकप छनौटमा समुह एचमा रहेको छ । जसमा युएई, लाओस र बहराइन रहेका छन् । नेपालले यसअघि दुई खेल खेलेकोमा दुवै खेलमा हार बेहोरेको छ । नेपालले लाओससँग १-० गोलको र युएईसँग ४-० को हार बेहोरेको थियो ।

Vivo Y28
Daraz

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बिहीबार दुई खेलका लागि आफ्नो टोली घोषणा गरेका छन् ।

गोलकिपरः अभिषेक बराल, विशाल सुनार, दीप कार्की र किरण चेम्जोङ ।

डिफेन्डरः अजय चौधरी, अनन्त तामाङ, अन्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र विक, रोहित चन्द, सनिश श्रेष्ठ, सुमित श्रेष्ठ र योगेश गुरुङ ।
मिडफिल्डरः अरिक विष्ट, विशाल तामाङ, कृतिश रत्न छिन्जु, लाखेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरज जेउ ठकुरी र उत्सव राई ।
फरवार्डः अन्जन विष्ट, आयुष घलान, दिनेश हेन्जन, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, राजेश परियार, समीर तामाङ र सञ्जीव विष्ट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।