काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल दशरथ रंगशालमा नहुने भएको छ ।
नेपालले बहराइनविरुद्धको खेल भने चैत १३ मा खेल्नेछ र यो खेल बहराइनमा हुनेछ । नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालाको मैदानको अवस्था बिग्रिएपछि नेपालको खेल अर्कै देशमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
एसियाली फुटबल महासंघको प्रतिनिधिले हालै मात्र रंगशालाको निरीक्षण गरेको थियो । दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय फुटबलका लागि उपयुक्त नहुने बताएपछि बहराइनविरुद्धको खेल अन्यत्र सार्न बाध्य हुनु परेको हो ।