२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले आयोजना गरेको ‘बाहिनीपति कप प्रतियोगिता २०८०’ को उपाधि ४ नम्बर गण हेड्क्वाटर सुनसरीले उचालेको छ । मंगलबार देखि आयोजना भएको प्रतियोगिता फागुन २५ गते सम्म चलेको हो ।

संगठनको पेशागत गतिविधी चक्र अन्तर्गत आयोजना भएको बाहिनीपति कप प्रतियोगितामा फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन र टेबल टेनिसका खेलहरु हुने सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालयका प्रब्क्ता सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र गिरीले जानकारी दिएका छन् ।

Vivo Y28
Daraz

प्रतियोगितामा वाहिनी मातहत गण र गुल्महरुबाट विभिन्न ५ विधाका खेलहरुमा १२० जनाभन्दा बढी खेलाडी सशस्त्र प्रहरी कर्मचारीहरुले प्रतिस्पर्धा गरेका थिए।

६ स्वर्ण, ६ रजत र २ कास्य गरी १४ वटा पदकहरु वितरण गरिएको उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ३ स्वर्ण र १ रजत पदक गरी ४ वटा पदकहरु जित्दै सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे. क्वा. सुनसरीले प्रतियोगिताको बिजेता भएको हो । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. ३७ रिजर्भ गण हेडक्वाटर पकली, सुनसरी दोस्रो भएको छ भने सशस्त्र प्रहरी बल, नेपाल नं. ५ गण हेडक्वाटर त्रियुगा उदयपुरले तेस्रो भएको छ ।

त्यसै गरि खेलगत विधामा फुटबल, भलिबल र टेवलटेनिसतर्फ सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे. क्वा. सुनसरी र ब्याडमिन्टनतर्फ सशस्त्र प्रहरी बल, नेपाल नं. ३७ रिजर्भ गण हे. क्वा. पकली, सुनसरी प्रथम भएको छ ।

एथ्लेटिक्स अन्तर्गत व्यक्तिगत स्पर्धामा पुरुषतर्फको १०० मिटर दौडमा सशस्त्र प्रहरी बल, नेपाल नं. ३७ रिजर्भ गण हे. क्वा. पकली, सुनसरी र महिलातर्फ सशस्त्र प्रहरी बल, नेपाल नं. ३८ रिजर्भ गण हे. क्वा. झापाले प्रथम भएको छ ।
उक्त प्ररियोगितामा आयोजित खेलहरुमा सर्वोत्कृष्ट हुने खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाण-पत्र र खेलका निर्णायक एवम् टिमका व्यवस्थापकहरुलाई प्रसंशा-पत्र प्रदान गरिएको थियोे ।

बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले बाहिनीपति कपको ट्रफी सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वाटर सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यलाई हस्तान्तरण गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै नायब महानिरीक्षक पोखरेलले यस्ता खेलकुद प्रतियोगिताले सशस्त्र प्रहरी कर्मचारीहरुमा अझ अनुशासन र गतिशीलता ल्याउने, सम्भावना बोकेका नयाँ खेलाडीहरुको पहिचान गर्न सकिने, खेलकुदको माध्यमबाट राज्यलाई योगदान दिन सकिने, सशस्त्र प्रहरी कर्मचारीहरुमा आपसी बन्धुत्वको विकास भई कार्यक्षेत्रमा खटिन आत्मबलमा अभिबृद्धि हुने र निकट भविष्यमा आयोजना हुन गइरहेको ‘आईजीपी कप’ को लागि समेत खेलाडीहरुको छनौट गर्न सहयोग पुग्न बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।