२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

तिलोत्तमा । २०१४ विश्वकप लिजेन्ड्सले लिजेन्ड्स ९६ लाई पराजित गरेको छ ।

रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सम्पन्न ‘एक्स्ट्राटेक लिजेन्ड कप’ को पहिलो खेलमा २०१४ विश्वकप लिजेन्ड्सले लिजेन्ड्स ९६ लाइ ५ विकेटले पराजित गरेको हो ।

Vivo Y28
Daraz

 

लिजेंड्स ९६ ले दिएको ६८ रनको लक्ष्य पछाएको २०१४ विश्वकप लिजेण्डसले ९.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । २०१४ विश्वकप लिजेण्डसका लागि विरेन्द्र शाहले ३५, दिपेन्द्र लामगाडेले ८ र शरद भेस्वाकर र पारस खड्काले ६-६ रन बनाएका थिए ।  त्यस्तै लिजेन्ड्स ९६ का बलर बसन्त शाही ठकुरीले ३ विकेट लिएका थिए भने लेख बहादुर क्षेत्री र किरण रानाले एक एक विकेट लिएका थिए ।

 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लिजेन्ड्स ९६ ले १० ओभरमा ८ विकेट गुमाउदै ६७ रन बनाएको थियो ।

 

लिजेन्ड्स ९६ का लागि राजु खड्काले सर्बाधिक २७ रन बनाए भने मनिषराज पाण्डेले ११ र जगत टमाटाले ९ रन बनाएका थिए । त्यस्तै  विश्वकप २०१४ टिमका लागि शक्ति गौचन र सामसंग जंग थापाले २-२ विकेट लिए भने  बद्रि पंगेनी, जितेन्द्र मुखिया, दिपेन लामगाडे र ममता थापाले एक एक विकेट लिए ।

 

यो जितपछि २०१४ विश्वकप लिजेन्ड्स टिम फाइनलमा पुगेको छ । फाइनलमा २०१४ विश्वकप लिजेन्ड्सले दोस्रो खेलको रेस्ट अफ नेपाल र रुपन्देही लिजेन्ड्सबीचको विजेतासँग खेल्ने छ ।

 

दोस्रो खेल पहिलो अन्तर्राष्ट्रिय टोली र विश्वकप नखेलेका खेलाडी रहेको रेस्ट अफ नेपाल र रुपन्देही लिजेन्ड्सबीच हुने छ । रेस्ट अफ नेपालको कप्तानी विनोद दासले गरिरहेका छन् भने रुपन्देही लिजेण्डसको कप्तानी हरि थापाले गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।