काठमाडौं । हङकङमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपाल ८५ रनले विजयी भएको छ ।
हङकङको मिसन रोड मैदान मोङकोकमा भएको खेलमा नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजीले १६.१ ओभरमा सबै विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो ।