काठमाडौं । हङकङमा भएको त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनल खेलमा पिएनजीविरुद्ध नेपाल पराजित भएको छ ।
८६ रनको फराकिलो जित निकाल्दै पपुवा न्युगिनी (पीएनजी) ले उपाधि जितेको हो ।
बुधबार हङकङको मिसन रोड मैदानमा पीएनजीले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १६.३ ओभरमा ८५ रनमै समेटियो ।