काठमाडौँ । नेपाली राष्ट्रिय टिमले आयरल्याण्ड ए टिमसँग आज पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने यो खेल दिउँसो १ बजेदेखि शुरु हुने छ ।
यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिबेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकास चन्द रहेका छन् ।
नेपाली राष्ट्रिय टिमले आयरल्याण्ड ए सँग मार्च २५ र २६ मा दुई टी-२० खेल खेल्दै छ ।